काठमाडौं। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न एन्फा यु–१६ युथ लिगअन्तर्गत तीन खेलमा संकटा फुटबल क्लब विजयी हुँदा अन्य दुई खेल बराबरीमा सकिएकाे छ।
दिनको पहिलो खेलमा प्लानिङ ब्वाइज र भगवती दुबैले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
यो नतिजासँगै पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङ ब्वाइजले १२ खेलमा ७ अंक जोड्दै एक स्थान सुधार गर्यो। समान खेलमा ११ अंक जोडेको श्री भगवती ११औं स्थानमा यथावत रह्यो।
दिनको दाेस्राे खेलमा संकटाले त्रिभुवन आर्मी फुटबल क्लबलाई ५-१ गाेलले पराजित गरेकाे हाे।
संकटालाई जित दिलाउन आयुष बराम, करण भूल, पेम्बा तामाङ, प्रज्वल कुमार लुम्रे र नवराज तिरुवाले गोल गरे। आर्मीका लागि निरज अधिकारीले गरेकाे गाेल सान्त्वना बन्याे।
याे जितसँगै संकटा १२ खेलमा २५ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो। पुछारबाट तेस्रो स्थानमा रहेको आर्मी एक स्थान तल झर्यो। समान खेलमा आर्मीको मात्र ६ अंक छ। आर्मीको यो १०औं हार हो।
दिनकाे अन्तिम खेलमा १-१ को बराबरी खेलेका थिए। मनाङका लागि धरविन्द्र बोहोरा र एपिएफका लागि सुजन तामाङले गोल गरे।
खेलको ३५औं मिनेटमा धरविन्द्रको गोलमार्फत मनाङले अग्रता लिएको थियो। तर अन्तिम समयमा सम्हालिन नसक्दा टोली अंक बाँड्न बाध्य बन्यो।
निर्धारित समयको अन्तिम मिनेटमा सुजनले गोल गर्दै एपिएफलाई हारबाट जोगाए।
यो नतिजासँगै ११ खेलमा २५ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ। एपिएफ समान खेलबाट २० अंकका साथ सातौं स्थानमा छ।


