तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान


काठमाडाैँ। काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक सामेबार त्यसतर्फ प्रस्थान गरेको छ।

अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्ने छन्। दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ। खड्गी र विडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन्। खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन्।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको