काठमाडाैँ। बायर्न म्युनिकले जर्मन सुपर कपकाे उपाधि जितेको छ।
मर्सिडिझ-बेन्झ अरेनामा शुकरबार राति सम्पन्न खेलमा बायर्नले स्टुटगार्टलाई २–१ ले हराएकाे हाे।
बुंडेसलिगा विजेता बायर्नकाे लागि लुइस डियाज र ह्यारी केनले गाेल गरे।
केनले १८ औं मिनेटमा पहिगो गोल गरे। त्यसपछि यस नयाँ सिजन मात्रै लिभरपुलबाट बायर्न आएका डियाजले ७७औं मिनेटमा दोस्रो गोल थपे।
जर्मन कप विजेता स्टुटगार्टका लागि जर्मी लेवेलिङले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेकाे गाेल सान्त्वना बन्याे। बायर्नले जर्मन सुपर कप जितेको यो कीर्तिमान ११औं पल्ट हो।


