काठमाडाैँ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले थाइल्याण्डकी वारन्या श्रिलाओङ्गलाई निरन्तरता दिएकाे छ।
बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत वारन्यालाई अनुबन्ध गरेको ललितपुर क्विन्सले जनाए। गत संस्करण ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन्।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबलको लागिमा सहभागी हुन वारन्या अर्को साता नेपाल आउने छन्। ललितपुरले यस अगिनै थाइल्याण्डकै सेटर पट्राथिप सान्त्रकुनलै अनुबन्ध गरिसकेको छ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।