कर्णालीलाई १७७ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १७६ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। अब कर्णालीले जितका लागि १७७ रन बनाउनुपर्नेछ।

सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विनोद भण्डारीले २२ बलमा २७, ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ तथा ईशान पाण्डेले १३ बलमा २३ रन जोडे।

त्यस्तै, थारिन्दु रत्नायकेले अविजित २२ र स्कट कुगेलाइनले अविजित १३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० तथा आरिफ शेखले ११ रन बनाए।

कर्णालीका मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान १ विकेट हात पारे। सोमपाल कामीले ३ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको