सर्वियाकी केकमान पाेखरा निन्जाजमा


काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर केकमानलाई अनुबन्धन गरेको छ। पाेखराले केकमानलाई पहिलाे विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।

केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्।

साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी पूर्व खेलाडी हुन्।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको