काठमाडौं। नेपाल रग्बी संघले नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज आयोजना गर्ने भएको छ।
संघका अनुसार भदौ २९ गतेदेखि ३१ गतेसम्म सिरिज आयोजना गर्न लागेको हो। सिरिजमा सेभेन्स र फिफ्टिन्स दुवै किसिमका गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।
प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ। यसअघि सन् २०२२ मा पहिलो संस्करणको नेपाल बंगलादेश अन्तर्रारिष्ट्रय रग्वी सिरिज-२०२२ बंगालादेशको ढाकामा सञ्चालन भएको थियो । प्रतियोगिताको पहिलो दिन भादौ ३० गते रग्ब सेभेन्सअर्न्तगत २ वटा खेल सञ्चालन हुनेछ भने प्रतियोगिताको दोस्रो दिन भदौ ३१ गते फिफ्टिन्सअर्न्तगत १ खेल सञ्चालन हुनेछ। उक्त खेलहरु विश्व रग्वीका निर्दृिष्ट खेल नियामानुसार खेलाइने संघले जनाएको छ। यस अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता एसिया रग्बीको मान्यता प्राप्त रहेकोले सम्पूर्ण खेल विवरण तथा नतिजा एसिया रग्बीको अफिसियल सिस्टमबाट प्रकाशन हुने देवकोटाले जानकारी दिए।


