काठमाडाैँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले राेमानियाकी ३२ वर्षिय एनामारिया बेरडिल्लालाई काठमाडाैँमा स्वागत गरेकाे छ। उनी पाेजिसन भने आउट साइड हिटर रहेकाे छ।
उनलाई पाेखरा निन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा मा टोली विश्वसत रहेकाे छ।
उनकाे आगमन सँगै पाेखरा निन्जाजकाे पुरै टिम सेट भएकाे छ। करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पाेखरा गईसकेकाे छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।


