काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानको सामना गर्दैछ।
समूह ‘के’ अन्तर्गतको यो प्रतिस्पर्धा नेपाली समयअनुसार आज राति ९:४५ बजे ताजिकिस्तानको राजधानी डुसान्बेस्थित पामिर रंगशालामा हुनेछ।
नेपाल, ताजिकिस्तानसँगै फिलिपिन्स र सिरियासमेत समावेश समूह ‘के’ निकै प्रतिस्पर्धात्मक मानिएको छ। छनोटको सुरुआत नेपालले घरेलु टोलीविरुद्ध गर्ने भएकाले यो खेललाई दुवै टोलीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
ताजिकिस्तानको यू–२३ टोलीले पछिल्ला दुई संस्करणमा एएफसी यू–२३ एसियन कपमा सहभागिता जनाइसकेको छ।


