एनएसजेएफ स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

काठमाडौं। खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१’ को २२औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको स्पोर्ट्स नेपालको आधिकारिक विक्रेता कामरु टे«डिङ प्राली (केल्मी स्पोर्ट्स) सँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

२०६० सालदेखि हुँदै आएको यस अवार्ड पहिलोपल्ट राजधानी बाहिर गरिँदैछ। आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टर, पोखरामा हुने ‘एनएसजेएफ स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालि (केल्मी स्पोर्ट्स नेपाल) का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपालको खेलकुद विकास र प्रवद्र्धनमा सदैव साथमा रहने बताउनुभयो। कामरु ट्रेडिङ प्राली अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्रीवितरण गर्ने नेपालको आधिकारिक संस्था हो।

सहप्रायोजकवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोशाक उपलब्ध गराउनेछ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पाँच विधा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधाको समान पाँचजना मनोनयन छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन्। उनीहरूको भोटिङ डिजिटल वालेट खल्ती बाई आइएमइबाट भइरहेको छ।

अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा छन्। अन्य सहप्रायोजकमा सूर्य नेपाल प्राली, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल र हिमश्री फुड्सलगायत छन्। एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ। अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ। पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको