रोनाल्डोको नयाँ कीर्तिमान


काठमाडौँ। पाेर्चुगलका कप्तान  क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ कीर्तिमान बनाएका छन्।

विश्वकप छनाेटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रोनाल्डो बनेका छन्। रोनाल्डोले गएराति सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो कीर्तिमान बनाएका हुन्।

रोनाल्डोले अहिलेसम्म विश्वकप छनाेटमा कुल ४१ गोल गरेका छन्। रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ कीर्तिमान कायम गरेका हुन्। त्यस्तै यो दुई गोलसँगै रोनाल्डोले राष्ट्रिय टिमका लागि अहिलेसम्म १४३ गोल गरेका छन्। जुन अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी हो। रोनाल्डोपछि ग्वाटेमालामा कार्लोस रुइजले ३९ गोल गरेका छन्।

गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको थियो। यो बराबरीपछि समुह ‘एफ’ मा रहेको पोर्चुगलको ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ। हंगेरीको ४ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको