काठमाडौं। आगामी मंसिर पहिलो सातादेखि सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटका लागि सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबले प्रशिक्षण थालेको छ।
जिल्ला लिग च्याम्पियन बनेको चौताराले गत बुधबारदेखि बसन्तपुर खेलमैदान, लामोसाँघुमा प्रशिक्षण सुरु गरेको हो। चौतारा २०८१ बैशाखमा सोही मैदानमा सम्पन्न जिल्ला लिगमा विजेता बनेको थियो।
क्लबका प्रशिक्षक सरोज भुजेलका अनुसार सोही टोलीमा रहेका स्थानीय खेलाडीलाई समेटिएको छ। ‘हामीले जिल्लाभित्रका प्रतिभाशाली खेलाडीहरूलाई अनुबन्धन गरेर नयाँ टिम निर्माण गर्दछौं। यसपल्ट टोलीले छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छ,’ उनले भने।
चौतारा मिनी रंगशाला निर्माणधिन अवस्थामा रहँदा टोली प्रशिक्षणका लागि जिल्ला फुटबल संघको मैदान लामोसाँघु झरेको हो। भुजेलका अनुसार हाल बिहान ८ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म दुईपल्ट नियमित अभ्यास भइरहेको छ।
आइतबारसम्म चौताराले प्रशिक्षणको पाँचौं दिन पूरा गरेको छ।


