कन्स्टिलेसन र ज्ञान निकेतन प्रिक्वाटरफाइनलमा


काठमाडौं। कन्स्टिलेसन र ज्ञान निकेतन १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भइरहेको प्रतियोगितामा कन्स्टिलेसनलले हेम्सलाई ५३–५० ले पराजित ग¥यो।

कन्स्टिलेसनको जितमा सोदिन तामाङले २२ अंक योगदान गरे । सवाज मन्सुरको १० अंक सहयोगमा ज्ञान निकेतनले जोन डेवीलाई ३०–१७ ले हरायो।ब्वाइजमै एलआरआईले काठमाडौं युरोलाई ३३–२० ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो। एलआरआईका आश्रित थापाले १० स्कोर गरे।

त्यस्तै, स्किब्स, विल्सन एकेडेमी, बीएमसीए, अपी स्कुल, भ्याली पब्लिक, टीआईए ‘ए’, युरो स्कुल, निम्स, ग्रिनल्यान्ड, दुर्गा भवानी, श्री मंगलदीप र भीएस निकेतन पनि प्रिक्वाटरफाइनलमा पुगे।

गल्र्समा ज्ञानोदयले टीआईए ‘बी’ लाई २०–१०, ग्रिनल्यान्डले युरोलाई २६–१८ र काष्ठमण्डप विद्यालयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २९–१५ ले पन्छाए। ज्ञानोदयकी सिमरनले १०, ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारीले १० र काष्ठमण्डपकी कस्भीले ११ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको