फ्रान्स विश्वकपमा छनोट


काठमाडौं। किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित फ्रान्स आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ।

बिहीबार पार्क डेस प्रिन्सेसमा सम्पन्न विश्वकप युरोपियन छनोटमा घरेलु टोली फ्रान्सले युक्रेनलाई ४-० ले पराजित गरेकाे हाे।

फ्रान्सलाई जित दिलाउन एमबाप्पेले दुई तथा माइकल ओलिसे र ह्युगो एकिटिकेले समान एक गोल गरे।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ। पराजित युक्रेन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

फ्रान्स आगामी विश्वकपमा छनोट हुने दोस्रो युरोपियन तथा समग्रमा २९औं राष्ट्र हो। यसअघि युरोपबाट इङ्ल्यान्ड विश्वकप छनाेट भइसकेकाे छ।

४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको