काठमाडौं । कर्णाली याक्सले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई निरन्तरता दिएकाे छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले छैटौं विदेशी खेलाडी अनुबन्ध गरेको हो। योसँगै कर्णालीको विदेशी कोटा पूरा भएको छ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।


