काठमाडौं। कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन्। शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरे।
२९ वर्षीय वाटले पहिलो पटक एनपिएल खेल्न लागेका हुन्। उनले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन्। त्यस्तै, २९४ रन जोडेका छन्। यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन्।
यसअघि शुक्रबार राति अफगानिस्तानका पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए। भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन्। अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन्।


