नेपाल सिरियासँग ४-२ ले पराजित


काठमाडौं। एएफसी यु-१७ एसिया कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ।

शनिबार याङ्गुस्थित थुवुन्ना रंगशालामा सम्पन्न खेलमा सिरियासँग नेपाल ४-२ ले पराजित भएको हो। यो हारसँगै नेपालले पहिलो खेलबाट ३ अंक जोड्ने अवसर गुमाएको छ।

नेपाल समूह ‘जी’मा रहेको छ। नेपालले दोस्रो खेलमा सोमबार ओमानसँग खेल्ने छ।

समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुने समीकरण छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको