काठमाडौँ। एएफसी कपमा साउदी क्लब अल नासरले ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई पराजित गरेको छ।
बिहिवार राति सम्पन्न खेलमा नासरले इस्तिकलोललाई ४-० गोल अन्तरले पराजित गरेको हो। नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान, साडियो माने र आयम्यान याहयाले एक एक गोल गरे।
जितसँगै नासर अर्को चरणका लागि छनोट भएको छ। समुह ‘डी’ मा रहेको अल नासरको ५ खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै एफसी इस्तिकलोलको ५ खेलमा ५ अंक छ।


