चेल्सी र आर्सनलले अंक बाँडे


काठमाडौँ। दस खेलाडीमा सीमित चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–१ को बराबरीमा रोकेको छ।

घरेलु मैदान स्टायनफोर्ड ब्रिजमा भएको लन्डन डर्बी बराबरीमा सकिएको हो। यो नतिजासँगै शीर्ष स्थानमा रहेको आर्सनलको १३ खेलबाट ३० अंक पुगेको छ।

त्यसपछि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ। चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा पहिलो हाफमा गुमाएको थियो। दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको