मैत्रीपूर्ण खेलमा नेपाल र चाइनिज ताइपेइ आमनेसामने


काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोली आज हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइसँग भिड्दैछ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

दक्षिण–पूर्व एसियाली भ्रमणमा रहेको नेपालले यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली इन्डोनेसियासँग २–१ ले पराजय ब्यहोरेको थियो। पहिलो खेलमा देखिएको कमी कमजोरी सुधार्दै नेपाल दोस्रो मैत्रीपूर्णमा सशक्त प्रतिक्रिया दिने तयारीमा छ।

चाइनिज ताइपेइ फिफा महिला वरियतामा ४२औं स्थानमा रहेको बलियो टोली हो। नेपाल भने हाल ८९औं स्थानमा छ, जसले आजको खेल नेपालका लागि थप चुनौतीपूर्ण बन्ने संकेत गर्दछ।

नेपाल टोली आजको खेलमा आफ्ना दुई महत्त्वपूर्ण खेलाडी बिना नै उत्रिँदैछ। चोटका कारण गोल मेसिन सावित्रा भण्डारी साम्बा र सविता रानामगर इन्डोनेसिया भ्रमणमा सहभागी छैनन्। उनीहरूको अनुपस्थितिमा आक्रमण र मध्य मैदानको जिम्मेवारी युवा तथा उदाउँदा खेलाडीहरूले सम्हाल्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको