ट्रान्सपोर्टस युनाइटेड र नसरिन स्पोट्सले अंक बाँडे


काठमाडौँ। भुटानको ट्रान्सपोर्टस युनाइटेड एफसी र बंगलादेशको नसरिन स्पोट्स एकेडेमीले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दिनको पहिलो खेलमा दुवै टोलीले १(१ को बराबरी खेलेका हुन्।

खेलको ३८औँ मिनेटमा पेमा चोडेन टेशेरिङले गोल गर्दै ट्रान्सपोर्टसलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर, ८७औँ मिनेटमा नसरिनको लागि सौरवी अकन्द प्रीतिले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन्।

त्यस पछि बाँकी समय थप गोल नहुँदा दुवै टोलीले पहिलो गोल गरे। ४ खेलबाट नसरिन २ अंकसहित पूछारमा रह्यो भने ट्रान्सपोर्टस ३ अंकसहित तेस्रो स्थानमा रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको