मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन


काठमाडौं, पुस ६ । आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। मातृभूमि ‘ए’ ब्वाइज तथा बौद्ध चिल्ड्रेन गल्र्समा च्याम्पियन भएकाे हाे।

सानोथिमीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित ग¥यो। मातृभूमि ‘ए’ का आभास राउतले १८ अंक जोडे।

गल्र्सको उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ ले हरायो। बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ स्कोर गरिन्। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए । ब्वाइजमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा गल्र्समा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए।

ब्वाइजमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा गल्र्समा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने। ब्वाइजमा प्यारागन पब्लिक र गल्र्समा केएमसी अनुशासित टिम ठहरिए।

विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले एक कार्यक्रमबीच पुरस्कृत गरे। आठदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ८ टिमले प्रतिस्पर्धा गरेको मातृभूमिका कोर्डिनेटर जयराम अधिकारीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको