मिसन २०२६ : खेलाडीलाई ३ विषयको कक्षा


काठमाडाैँ, पुस ६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी दिइएको थियो।

डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए।

जापानको आइची–नागोयामा हुने आसन्न २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ। प्रशिक्षणमा १ सय २० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको