राफिन्हा र यमलको गोल


काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत १८औँ साताको खेलमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरे। यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो।

जितसँगै बार्सिलोनाको १८ खेलमा ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ४२ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको