नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने


काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आयरल्यान्ड र अमेरिका ‘वार्म अप’ म्याच खेल्ने भएको छ।

आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटअघि यी दुई टोलीसँग ‘वार्म अप’ म्याच खेल्ने पक्का भएको हो। नेपालले १४ जुनमा पहिलो खेल आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ।

१६ जुनमा भने नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासँग खेल्नेछ। ग्लोबल क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ।

यो समूहमा आयोजक नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको