नेपाल २ रनले पराजित


काठमाडौं। आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार नेदरल्यान्ड्ससँग २ रनको साँघुरो हार व्यहोरेपछि नेपालको सुपर सिक्स सम्भावना गणितीय मात्र बाँकी रहेको छ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। रुविना क्षेत्री बेलबासेले अविजित ३७ र सीता रानामगरले २७ रन जोड्दै अन्तिमसम्म संघर्ष गरे पनि अन्तिम बलमा जित हात पार्न सकेन।

यसअघि नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १४० रन बनाएको थियो। कप्तान बाबेटे डी लिडले ४९ रन बनाइन्। नेदरल्यान्ड्स लगातार तेस्रो जितसहित ६ अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको