रोनाल्डो र सिमाकान चम्किँदा अल–नासरको जित


पोखरा। साउदी प्रो लिगअन्तर्गत सम्पन्न खेलमा अल–नासरले अल–खोलूदलाई पराजित गरेको छ। नासरको जितमा क्रिस्टियानो रोनाल्डो, मोहामेद सिमाकान र किङ्स्ले कोमान निर्णायक बने।

खेलको ४७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई अग्रता दिलाए। त्यसपछि ५३औँ मिनेटमा मोहामेद सिमाकानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ८७औँ मिनेटमा किङ्स्ले कोमानले पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरे।

अल–खोलूदका हातान बाहब्री ७२औँ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली झन् दबाबमा पर्‍यो।

यस जितसँगै नासरले साउदी प्रो लिगमा तीन अंक जोड्न सफल भयो। उसको १८ खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको