भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा


काठमाडाैं। भ्याली पब्लिक र न्युटन दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले राजन मेमोरियललाई ४१–३७ ले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा रियान शेरचनले १२ अंक योगदान गरे। प्रकाश जोशीको ११ अंक सहयोगमा न्युटनले ग्रिनफिल्डलाई ३५–२७ ले हरायो।

ब्वाइजमै ग्रिनल्यान्डले स्किब्सलाई २२–२०, किङडम हिमालयनले ल्यान्डमार्क एकेडेमीलाई ४५–३५, पारमाउन्ट एकेडेमीले आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई ३५–२५, जेबी स्कुलले हिमशिलालाई ३२–२९, डाफोडिलले काठमाडौं इङलिस स्कुललाई ५०–३७ र सेबले ह्वाइट हेभेनलाई २४–१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

गल्र्समा ग्रिनल्यान्ड, न्युटन, बागमती, क्यान्भास बसन्त ऋतु, भ्याली पब्लिक, टीआईए, फेरिल्यान्ड र काठमाडौं यसअघि नै क्वाटरफाइनल पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको