काठमाडौं। आईसीसी टी–२० विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखडे क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन जोड्यो। त्यससँगै नेपालले जितका लागि १८५ रन बनाउनु पर्ने भएको छ।
इंग्ल्यान्डका जेकोब बेथल र कप्तान ह्यारी ब्रूकले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। बेथलले ५५ रन बनाएर आउट भए भने ब्रूकले ३२ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले।
नेपालका तर्फबाट दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। शेर मल्ल, सन्दीप लामिछाने र करन केसीले समान १–१ विकेट हात पारे।


