रेखाको दोहोरो ह्याट्रिक, पुलिस सेमिफाइनलमा


काठमाडौं। नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडले एन्फा महिला च्याम्पियनसिपमा आ–आफ्नो खेल जित निकालेका छन्।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशाला मा शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा पुलिसले एलसी रियाललाई १०–० को फराकिलो अन्तरले पराजित गर्‍यो। पुलिसको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक गर्दै ६ गोल गरिन्। यस्तै मिना देउवाले २ तथा पूजा राना र विर्शना चौधरीले समान १/१ गोल थपे।

पुलिसले पहिलो र दोस्रो हाफमा समान ५–५ गोल गर्दै पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा राखेको थियो। जितसँगै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी र एनआरटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी, अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले छहारी युवा क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पार्‍यो। प्रतिस्पर्धात्मक खेलमा वर्षा ओलीले गरेको एकमात्र गोल नै चर्च ब्वाइजको जितका लागि पर्याप्त बन्यो।

जितसँगै चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि अब संकटा फुटबल क्लब सँग प्रतिस्पर्धा गर्नेछ भने छहारीको यात्रा पहिलो खेलबाटै टुंगिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको