काठमाडौं। संकटा फुटबल क्लब एन्फा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड लाई ४–१ ले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो।
संकटाको जितमा होजे मुकाम्बेले दुई गोल गरिन् भने सुक्रिया मिया र पुर्णिमा राईले समान एक–एक गोल थपे। चर्च ब्वाइजका लागि वर्षा ओलीले एक गोल फर्काइन्, तर त्यो सान्त्वनामा सीमित रह्यो।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा संकटाले आक्रामक खेल प्रदर्शन गर्दै थप तीन गोल गर्न सफल भयो।
जितसँगै संकटाले सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब सँग प्रतिस्पर्धा गर्नेछ।


