काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले मोनाकोविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–२ को जित निकालेको छ।
फरवार्ड फोलारिन बालोगुनले खेलको ५५ सेकेन्डमै गोल गर्दै मोनाकोलाई अग्रता दिलाए थिए। १८औं मिनेटमा दोस्रो गोल थप्दै २–० को बलियो सुरुआत दिलाए। तर त्यसपछि पीएसजीले खेलमा फर्किँदै तीन गोल गर्यो र पेरिसमा हुने दोस्रो लेगअघि महत्वपूर्ण अग्रता बनायो।
२४ वर्षीय बालोगुनका लागि यो सिजनको १०औं गोल हो। साविक विजेता पीएसजीको पुनरागमनपछि अब अन्तिम १६ को यात्रा दोस्रो लेगले तय गर्नेछ।


