भान्सीलाई दोहोरो स्वर्ण


काठमाडाैं। पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन्।

प्रतियोगिता अन्तर्गत यू८ र यू-९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू-८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे। त्यस्तै ब्वाइज यू-८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जिते।

यू८ तर्फ प्रतियोगितामा सहभागिता जनाएकी लु सिआनलाई कास्की जिल्ला टेनिस संघले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्परसहित सम्मान गरेको छ। उनी ५ वर्षकी हुन्।

यस्तै यू-९ तर्फ गर्ल्समा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जितिन्।

जारी प्रतियोगिता यू१८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्य फाइनलमा एक अर्काको सामना गर्ने छन्। दर्शिलले सेमीफाइनलमा स्पन्दन उदासलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा शास्वतले सुरेन्द्र विकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरे।

यसै गरी यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा स्थान पक्का गरेका छन्। आइतबार भएको सेमीफाइनलमा ऐराले शाल्भी शेरचनलाई एक संघर्षपूर्ण खेलमा पराजित गरिन्। उनले ६–१, २–६ र ६–० ले पराजित गरेकी हुन्। त्यस्तै शोराले आरुषी तुलाचनलाई ६–०, ६–० ले पाखा लगाइन्।

बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा शुरू भएको हो। प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन्। उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको