काठमाडाैं। पाँचौँ मनुश्री-भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ। प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरू भएको प्रतियाृगितामा यू–१८ ब्वाइज तर्फ सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन्। सो उमेर सुमहमा दर्शिल श्रैष्ठ र स्पन्दन उदास तथा शास्वत बज्रचार्य र सुरेन्द्र बिकले सेमीफाइनलमा स्थान पक्का गरे। यसअघि भएको खेलमा दर्शिलले संगम मगरलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा शास्वतले सन्दिप विकलाई ६–०, ५–७ र ६–० को सेटमा पराजित गरे। यता स्पन्दनले अभिषेक विकलाई ६–०, ६–० को सोझो सेटमा हराउँदा सुरेन्द्र भने वाई पाएर सेमीफाइनलमा स्थान बनाएका छन्।
यता यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शाल्भी शेरचन तथा आरुषी शेरचन र सोराह थापाले सेमीफाइनमा स्थान पक्का गरेका छन्।
बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ र केन्द्रिय सदस्य विष्णु बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे। सो अवसरमा उपाध्यक्ष कायस्थले यो प्रतियोगिताले यूवा खेलाडीमा उत्साह जगाएको बताउँदै अब पोखरामा वार्षिक ५ वटा जुनियर प्रतियोगिता आयोजना गर्ने गरी तयारी भइरहेको बताए।
कास्की जिल्ला टेनिस संघका निर्वतमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्काले समेत आफ्ना भनाई राखेका थिए ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा शुरू भएको हो। प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित करिब ९० खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन्। उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै हुन्।
प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहेको छ।


