काठमाडाैं। वैष्णवी र माउन्ट ओलिभ पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज भलिबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन्।
हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलमा भइरहेको प्रतिस्पर्धामा वैष्णवीले एलएलाई २५–२० र २५–२२ तथा माउन्ट ओलिभले भ्याली पब्लिकलाई २५–२२, २०–२५ र १५–१३ ले पराजित गरे।
ब्वाइज फुटबल एलएले दोहोरो जित हात पा¥यो। एलए ‘ए’ ले ज्ञानोदयलाई २–० तथा एलए ‘बी’ ले जेम्सलाई ४–० गोलले हराए। ब्वाइज बास्केटबलमा भ्याली पब्लिकले मिश्रित नजिता निकाल्यो। एलआरआईलाई २७–१३ ले पाखा लगाएको भ्याली पब्लिक एलएसंग ३४–२६ ले चुक्यो।
गल्र्स बास्केटबलतर्फ कम स्कोर भएको खेलमा एलआरआईले एलएलाई ८–७ तथा पुष्पसदनले ज्ञानोदयलाई ११–८ ले पन्छाए।


