आर्मीमाथि चर्च ब्वाइजकाे जित, चित्लाङ र फ्रेन्ड्स राेकिए


काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि जित दर्ता गरेकाे छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले आर्मीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गरेको हाे।

जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। आर्मीको यो दोस्रो हार हो। समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ।

चर्च ब्वाइजकाे जितमा अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे। आर्मीका नवयुग श्रेष्ठले गरेकाे गाेल सान्त्वना बन्याे।

दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र चित्लाङ एफसी गाेलरहित बराबरीमा राेकिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको