काठमाडौं। लालीगुराँस एसोसिएसन क्लब एन्फा राष्ट्रिय लिगअन्तर्गत आठौँ चरणको खेलमा बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न प्रतिस्पर्धामा लालीगुँरास र फ्रेन्ड्स क्लबबीच १–१ गोलको बराबरी भएको हो।
यस नतिजासँगै लालीगुँरासले आठ खेलबाट १८ अंक जोड्दै तालिकाको दोस्रो स्थान कायम राखेको छ। समान खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स भने १३औँ स्थानमा उक्लिएको छ।
खेलको २६औँ मिनेटमा सरोज गुरुङले गोल गर्दै लालीगुँरासलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको लालीगुँरासले दोस्रो हाफमा भने त्यसलाई कायम राख्न सकेन। फ्रेन्ड्सका जेनिश प्रजापतिले ७६औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्याए।


