जय ट्रफीको फाइनल मुलपानीमा


काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल चैत ३ गतेदेखि सञ्चालन हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै फागुन ८ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको दुई दिवसीय ढाँचाको प्रतियोगिताको फाइनल खेल भने तीन दिवसीय ढाँचामा हुने जनाएको छ।

क्यानका अनुसार फाइनल खेल चैत ३ देखि ५ गतेसम्म मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ। फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

May be an image of text that says "CAN l NPC 05 NrC 16 NPC 32 NPC"


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको