रिचर्ड चम्किँदा चर्च ब्वाइज विजयी, काक्रेबिहार २–१ ले पराजित


काठमाडौं। एन्फा राष्ट्रिय लिगअन्तर्गत चर्च ब्वाइज युनाइटेडले काक्रेबिहार क्लबमाथि कठिन जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले काक्रेबिहारलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

चर्च ब्वाइजको जितमा रिचर्ड कोफी जुनियर विल्सनले दुई गोल गरे। काक्रेबिहारका लागि सुदेन विक्रम सिंह विश्वकर्माले एक गोल फर्काए।

रिचर्डले खेलको सातौँ र ३९औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६६औँ मिनेटमा सुदेनले गोल गर्दै काक्रेबिहारलाई २–१ को अवस्थामा ल्याए। त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चर्च ब्वाइज विजयी भयो।

यस जितसँगै चर्च ब्वाइज ९ खेलबाट २२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १ अंक मात्र जोडेको काक्रेबिहार भने तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको