एन्फा महिला लिग : उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक एन्फा महिला लिगको तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार प्रतियोगिता चैत ४ गते देखि ललितपुरको च्यासल रंगशालामा सुरु हुनेछ। उद्घाटन खेलमा न्यू रोड टिम र संकटा एफसी बिहान ११ बजे भिड्नेछन्। यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र झापा एफसी बीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

लिगमा न्यू रोड टिम, त्रिभुवन आर्मी एफसी, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, राप्ती एफसी, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकटा एफसी गरी १० टोली सहभागी छन्।

प्रतियोगिताका सबै खेल च्यासल मैदानमै हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको