काठमाडौं। हङकङविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १३ गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने हङकङविरुद्धको खेलका लागि ४९ खेलाडी समेटिएको प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
नेपालका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले घोषणा गरेको प्रारम्भिक टोलीमा राष्ट्रिय टोलीका अनुभवी खेलाडीसँगै केही नयाँ खेलाडीलाई पनि अवसर दिइएको छ।
प्रारम्भिक टोली
अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन बिष्ट, एरिक बिष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेञ्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बु, मणि लामा, मनीष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनीश श्रेष्ठ, सरोज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुबास बाम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का रहेका छन्।


