रियल म्याड्रिडको शानदार जित, एल्चेलाई ४–१ ले हरायो


काठमाडौं। स्पेनिस लिग अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले एल्चे लाई ४–१ गोलले पराजित गरेको छ।

खेलको ३९औँ मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाए। त्यसपछि ४४औँ मिनेटमा फेडेरिको भाल्भेर्डेले उत्कृष्ट गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा रियल म्याड्रिडले थप दुई गोल गर्‍यो। ६६औँ मिनेटमा डिन हुईसेन ले हेडरमार्फत गोल गरे भने खेलको ८९औँ मिनेटमा अर्दा ग्युलरले करिब ३५ यार्ड टाढाबाट शानदार गोल गर्दै स्कोर ४–१ बनाए।

एल्चेको एक गोल भने रियल म्याड्रिडका खेलाडी म्यानुएल एन्जेल बाट भएको आत्मघाती गोलका कारण सम्भव भएको थियो।

यो जितसँगै रियल म्याड्रिड ले २८ खेलबाट ६६ अंक जोड्दै दोस्रो स्थानमा छ। समान खेलबाट ६७ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको