सहिद स्मारक महिला लिगको प्रत्यक्ष प्रसारण खेलदृश्यबाट


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक राष्ट्रिय महिला लिग २०८२ का लागि खेलदृश्य डटकमसँग प्रसारण तथा डिजिटल अधिकारसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअनुसार लिगका सबै खेलहरू खेलदृश्यको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र खेलदृश्यका प्रतिनिधि शिशिर बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट तथा बीच फुटबल, संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब गरी कुल नौ टोलीको सहभागिता रहनेछ।

लिग बुधबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु हुने तालिका रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको