विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपालमा


काठमाडाैं। विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन्। राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन्।

नासिरलाई संघका संस्थापक मध्येका एक दीपक श्रेष्ठ, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

बुधबारै सुरु भएको कोर्समा सात प्रदेश र ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक खेलाडी र निर्णायक गरी करिब २ सयको सहभागिता रहेको आयोजकले जनाएको छ। शनिबारसम्म चल्ने कोर्सको औपचारिक उद्घाटन बिहीबार हुनेछ। सेमिनार भने कालीमाटीस्थित कालिमाटी बैंक्युटमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको