ला लिगा : उपाधि होडको रियललाई धक्का

काठमाडौं। स्पेनीस ला लिगाको उपाधि होडमा रहेको रियल मड्रिडलाई शुक्रबार धक्का लागेको छ। आफ्नो घरमै भएको खेलमा जिरोनाले १–१ को निराशाजनक बराबरीमा रोकेको हो। खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भयो।

सान्टियागो बर्नाबाउमा रियलले फेड भाल्भेरडेको गोलले ५१औं मिनेटमा अग्रता लिएको थियो। तर, थोसम लामेरले जिरोनाका लागि ६२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि थप गोल हुन सकेन् र दुवै टिमले एक एक अंकमा चित्त बुझाए।

यो नतिजापछि रियल ३१ खेलबाट ७० अंकमा दोस्रो स्थानमा कायम रह्यो। यो शीर्षमा रहेको बार्सिलोनासँग ६ अंकको दूरी हो। जिरोना भने ३८ अंकमा १२ औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको