काठमाडौं। फुलहमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लिभरपुल २–० ले विजयी भएको हो।
लिभरपुलको जितमा रियो एन्गुमोहाले ३६औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ४०औं मिनेटमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफमै २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा खेल नियन्त्रणमा राख्दै थप गोल नगरे पनि सहज जित सुरक्षित गर्यो।
यस जितसँगै लिभरपुलले ३२ खेलबाट ५२ अंक जोड्दै इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।