काठमाडौं। शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा बर्नमाउथसँग २–१ ले पराजित भएको छ।
घरेलु मैदानमा खेलको १७औं मिनेटमा जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। त्यसपछि ३५औं मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्णायक गोल ७४औं मिनेटमा आयो। एलेक्स स्कटले गोल गर्दै बर्नमाउथलाई २–१ को अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो।
यस जितसँगै बर्नमाउथले ३२ खेलबाट ४५ अंक जोडेको छ। पराजित आर्सनल भने समान खेलबाट ७० अंकसहित शीर्ष स्थानमै कायम रहेको छ।


