काठमाडौं। स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस चाम्पियनसिपमा पदक जित्ने आप्mना दुई खेलाडीलाई शनिबार सम्मान गरेको छ। स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका निश्चल थापा र सुरम्या शाक्यले सो प्रतियोगितामा नेपालको प्रतिनधित्व गर्दै पदक जितेका थिए।
अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी एसियाली टेबलटेनिस युनियनका उपाध्यक्ष शंकर गौतमलगायतले निश्चल र सुरम्यालाई नगद, हुवाईको स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरे । सोही अवसरमा प्रशिक्षक राकेश महर्जनलाई पनि सम्मानित गरियो । यसैगरी केही समयअघि इन्टरटेनमेन्ट टेबलटेनस प्रतियोगिता प्रायोजन गर्ने मेटल सेफर्सका अध्यक्ष निम जोशीलाई पनि सम्मान गरिएको थियो ।
भारतको सिमलामा अप्रिल ८ देखि ११ सम्म भएको प्रतियोगितामा नेपालले यु१५ महिला÷पुरुष तथा यु १९ महिला डबल्समा सहभागिता जनाएका थिए । जसमा नेपालले कूल तीन रजत र काशय पदक प्राप्त गरेको थियो ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका खेलाडीहरु निश्चलले यु१५ ब्वाइज डबल्समा एक रजत र यु१५ ब्वाइज टिममा एक काश्य तथा सुरम्याले यु१५ ल्र्स डबल्समा एक रजत र यु१५ गल्र्स टिममा एक काश्य तथा सुरम्याले एक रजत र एक काश्य पदक हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल , आयोजक भारत, बंगलादेश, श्रीलका र माल्दिभ्सले सहभागिता जनाएको छ। स्ट्याग च्याम्पियन्स लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।


