अल नासर सेमिफाइनलमा


काठमाडौं। एएफसी च्याम्पियन्स लिग–टुअन्तर्गत सेमिफाइनलमा अल नासर र अल अहलीबीच प्रतिस्पर्धा हुने भएको छ।

बुधबार, अप्रिल २२ मा हुने यो महत्वपूर्ण खेल जाबेल स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।

दुवै टोली साउदी अरेबियाका प्रतिष्ठित क्लब हुन् र एसियाली क्लब फुटबलमा बलियो उपस्थितिका लागि परिचित छन्। अल नासरमा विश्वप्रसिद्ध खेलाडीहरूको उपस्थिति रहँदा अल अहली पनि सशक्त टोलीका रूपमा प्रतिस्पर्धामा उत्रिएको छ।

यसअघि क्वाटफाइनलमा आइतबार राति नासरले अल वासललाई ४-० ले पराजित गरेको थियो। नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, इनिगो मार्टिनेज, साडियो माने र अब्दुलेलाह अल-अम्री समान एक गोल गरे। अर्काे खेलमा अल अहलीले अल हुसिनिलाई ३-१ पराजित गर्दै नासरसँगकाे भिड्न्त पक्का गरेकाे हाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको