बायर्नलाई कीर्तिमान ३५ औं बुंडेसलिगा उपाधि


काठमाडाैं। बायर्न म्युनिखले कीर्तिमान ३५ औं बुंडेसलिगा उपाधि जितेकाे छ।

लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भिएफबी स्टुटगार्टलाई ४–२ ले पराजित गर्दै उपाधि हात पारेकाे हाे।

यो जितसँगै बायर्न म्युनिखले लिगका चार खेल बाँकी रहँदै ३० खेलबाट ७९ अंक जोडेर समयअगावै च्याम्पियन बन्न सफल भएको हो। समग्रमा बायर्नले जर्मन लिगको उपाधि ३५औं कीर्तिमान लिग उपाधि हाे।

खेलमा सुरुआतमा स्टुटगार्टले अग्रता लिएको थियो। २१औं मिनेटमा क्रिस फ्युरिचले गोल गर्दै पाहुना टोलीलाई १–० ले अघि बढाए। तर त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्‍यो। ३१औं मिनेटमा राफाएल गुरेरोले बराबरी गोल फर्काए भने ३३औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै बायर्नलाई अग्रता दिलाए।

३७औं मिनेटमा अल्फोन्सो डेभिस ले गोल थप्दै पहिलो हाफमै बायर्नलाई ३–१ को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा ५२औं मिनेटमा ह्यारी केनले गोल गर्दै स्कोर ४–१ बनाए। खेलको अन्त्यतिर ८८औं मिनेटमा स्टुटगार्टका चेमा आन्द्रेसले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमै सीमित रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको